शेयर बजार लाग्यो ओरालो, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । तिहार पछिको ३ वटै कारोबारमा सुधार तिर लम्किएको शेयर बजार आज फेरी ओरालो लागेको छ । शेयर बजार आज दोहोरो अकंले घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले वृद्धि भई १९३९.३० बिन्दुमा बन्द भएको थियो ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने १ अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर कारोबार भएको थियो ।
बिहिबार एभरेष्ट बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ४ करोड ३ लाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, गरिमा विकास बैंकको संस्थापक शेयरको ३ करोड ६० लाख १८ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४५ लाख ४० हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड १७ लाख १६ हजार रुपैयाँको कारोबार भएको हो ।



















