बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको हो । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको हो

आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४.९४ प्रतिशतले घटेको हो । कम्पनीको शेयर प्रतिकित्ता ४६ रुपैयाँले घटेर ८८५ रुपैयाँमा पुगेको छ ।

साथै, मदीकिनी हाइड्रोपावरको ४.९३ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.४३ प्रतिशत र ग्लोबल आइएमई ब्यालस्र्ड फण्ड १ को ४.३१ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्