एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्