अहिलेसम्म कति बाँड्यो त एभरेष्ट बैंकले सेयरधनीलाई लाभांश ? यस्तो देखियो ११ वर्षे इतिहाँस
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश खुवाउने निर्णय गरेसँगै हामीले आज बैंकले हालसम्म के कति लाभांश वितरण गरेको छ भन्ने बारे लेखेका छौ ।
यस्तो छ बैंकको ११ वर्षे इतिहाँस
बैंकको ११ वर्षे यताको लाभांश इतिहाँसलाई हेर्ने हो भने बैंकले एक आर्थिक वर्षका नगद लाभांश मात्र दिएको पाइएको छ । बैंकले आर्थिक वर्ष २०७४।०७५ मा आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिएको हो ।
यस्तै, बैंकले ११ वर्ष यता सबैं भन्दा बढी लाभांश आर्थिक वर्ष २०७२।०७३ मा दिएको छ । सो आर्थिक वर्षमा बैंकले ७० प्रतिशत बोनस शेयर र ३.६७५ प्रतिशत नगद लाभांश गरी कुल ७३.६७५ प्रतिशत लाभांश वितरण गरेको हो ।
साथै, आर्थिक वर्ष २०७०।०७१ मा १२ प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश गरी कुल ५२ प्रतिशत र आर्थिक वर्ष २०६९।०७० मा १० प्रतिशत बोनस शेयर र ५०.५३ प्रतिशत नगद लाभांश गरी कुल ६०.५८ प्रतिशत लाभांश दिएको हो ।
आर्थिक वर्ष २०७३।०७४ मा ३३ प्रतिशत बोनस शेयर र १.७४ प्रतिशत नगद लाभांश गरी कुल ३४.७४ प्रतिशत, आर्थिक वर्ष २०६८।०६९ मा ३० प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत र आर्थिक वर्ष २०७५।२०७६ मा ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत र आर्थिक वर्ष २०७१।०७२ मा ३० प्रतिशत बोनस शेयर र ६.५७ प्रतिशत नगद लाभांश गरी कुल ३६.५७ प्रतिशत लाभांश दिएको छ ।
सबैं भन्दा कम आर्थिक वर्ष २०७७।०७८ मा ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत, आर्थिक वर्ष २०७६।०७७ मा ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको छ ।
गत आर्थिक वर्ष अघिल्लो आर्थिक भन्दा १०० प्रतिशतले बैंकले लाभांश बढाएको छ । बैंकले लाभाशं दिने क्षमता बलियो हुनका साथै चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा समेत सुधार गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण यस्तो छ
बैंकले चालु आवको पहिलो त्रैमासमा ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ४८.९५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७२.६८ प्रतिशतले वृद्धि भई १ अर्ब ८८ करोड ५४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको कुल संचालन आम्दानी २ अर्ब १९ करोड ५४ लाख ३७ हजार, संचालन नाफा १ अर्ब २३ करोड १८ लाख ६६ हजार रुपैयाँ रहेको छ । बैंकको उक्त अवधिमा वितरण योग्य नाफा भने ४ अर्ब ७१ करोड ६८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १३ अर्ब ९४ करोड ७३ लाख ९ हजार रुपैयाँ राखेको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकले १ खर्ब ७३ अर्ब ८४ करोड ४५ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । उक्त अवधिमा बैंकले १ खर्ब ४७ अर्ब ९८ करोड १३ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
उक्त अवधिमा बैंकको खराब कर्जा भने झिनो वृद्धि भई ०.३३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ रुपैयाँले वृद्धि भई ३६ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा रहेको छ ।














