जाल्पा सामुदायिक लघुवित्तको लाभांश प्रभाव, २ घण्टा मै सकरात्मक सर्किट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

जाल्पा सामुदायिक लघुवित्तको लाभांश प्रभाव, २ घण्टा मै सकरात्मक सर्किट



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयर बजारमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्न बेला (१.५ मिनेट) मा लघुवित्तको शेयर ३०९.९० रुपैयाँले बढेर प्रतिकित्ता ३ हजार ४०८ रुपैयाँ पुगेको छ । कम्पनीको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

अहिलेसम्म नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयरमा समेत सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्