पाँच लघुवित्तको शेयरमा सर्किट, यी हुन सर्वाधिक कमाउने लगानीकर्ता
काठमाडौं । साताको पहिलो कारोबारको दिन नै शेयर बजार आकाशिएको छ । नेप्से आकाशिए सँगै कारोबार रकम समेत साढे १ अर्ब पुगेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको हो ।
आइतबार ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मानुषि लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।



















