थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ? « Arthapath.com
१२ असार २०८३, शुक्रबार

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?



काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । आज एभरेष्ट बैंक र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश दिने भएको हो । बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यस्तै, आइतबार जाल्पा सामुदायिक लघुवित्तले पनि आफ्ना सेयरधनीलाई ७६.८४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यी दुवै कम्पनीको प्रस्तावित लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्