थप १० माइक्रोफाइनान्सको वित्तीय रिर्पोटः अधिकांश नाफामा गिरावट, कुनको प्रगति कस्तो ?

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण वाणिज्य बैंक तथा विकास बैंकहरुले सार्वजनिक गरेसँगै लघुवित्त वित्तीय संस्था पनि सार्वजनिक गरी रहेका छन् ।
सोमबार मात्र ६ लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । हालसम्म १० लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आज सार्वजनिक गरेका ६ वटै लघुवित्त वित्तीय संस्थाहरुको मुनाफामा गिरावट देखिएको छ । सोमबार समिट लघुवित्त, एनआइसी एशिया लघुवित्त, आँधिखोला लघुवित्त, ग्रामीण विकास लघुवित्त, ग्लोबल लघुवित्त र सिभिल लघुवित्तले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा सबैंको खुद नाफा ओरालो लागेको छ । राष्ट्र उत्थान लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको मुनाफा समेत घटेको छ भने छिमेक लघुवित्त र मेरोमाइक्रोफाइनान्स लघुवित्तको मुनाफा बढेको छ ।
समीट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक खुद नाफा ५२.८१ प्रतिशतले घटेर १ करोड ८५ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड २३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकसम्ममा खुद नाफा ६८.१८ प्रतिशतले घटेर ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २० करोड ६७ लाख ७५ हजार नाफा गरेको थियो ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा खुद नाफा ७८.७० प्रतिशतले घटेर १९ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९३ लाख ४४ हजार रुपैयाँमा आर्जन गरेको थियो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशतले घटेर २ करोड ६७ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ६ करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको हो ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ११२.८५ प्रतिशतले घटेर १ करोड १८ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिभिल लघुवित्त वित्तीय संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा ४९.४९ प्रतिशतले कम हो । गत वर्ष भने १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक सम्ममा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ४४.७३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा गरेको थियो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष असोज मसान्तसम्ममा खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ६१.७९ प्रतिशतले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष यसैअवधिमा लघुवित्तले ३ करोड ९४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको खुद नाफा ६९.४६ प्रतिशतले घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा भने १ करोड २५ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।