नेप्से झिनो अकंले घट्यो, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से झिनो अकंले घट्यो, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आकाशिएको शेयर बजार दोसो र तेस्रो काराबारको दिने सामान्य अकंले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको छ । सोमबार भन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ५७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख ५२ हजार रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ३७ लाख ८२ हजार रुपैयाँ र रिडी पावरको ४ करोड ३७ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्