नेप्से २.५७ अकंले घट्यो, कारोबार रकम १ अर्बमा सिमित हुदाँ ९ उपसूचक राताम्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से २.५७ अकंले घट्यो, कारोबार रकम १ अर्बमा सिमित हुदाँ ९ उपसूचक राताम्य



काठमाडौं । शेयर बजार आज पनि सुधार आउन सकेको छैन । यो साताको सुरुवात मै छलाङ आएको शेयर बजारमा पछिल्ला २ दिनमा भने छिनो गिरावट देखा परेको छ ।

सामान्य नाफा बुक गरेर बजारबाट उम्किन खोज्ने लगानीकर्ताको वृद्धि हुँदा बढिरहेको शेयर बजार ब्रेक लागेको देखिन्छ । सेयर बजारप्रति लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसक्दा नेप्सेमा सामान्य गिरावट आएको हो । हिजो २ अर्ब रुपैयाँ पुगेको कम्पनीको कारोबार आज भने १ अर्बमा सिमित बनेको हो ।

बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण, चुनावी माहोल र लाभांशको सिजन भएकाले शेयर बजार अब सहि दिसा तिर लम्किने आंकलन गरीएको छ ।

त्यस्तै, आज ४ उपसूचकमा भने हरियाली छाएको छ । नेप्सेमा झिनो गिरावट आउँदा आज फाइनान्स समूहको ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३ प्रतिशत, अन्य समूहको ०.९७ प्रतिशत र जीवन बीमा समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

नेप्से झिनो अकंले घट्दा कालिका लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएकाछन् । कम्पनीको शेयर ५.७७ प्रतिशतले घटेको हो । आज लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४.२२ प्रतिशतले बढेको हो ।

मंगलबार शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ५७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्