नेप्सेमा गिरावट, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन आएर शेयर बजारमा पहिरो गएको छ । यो साताको पहिलो दिन हरियाली छाएको शेयर बजारमा त्यसयता सामान्य गिरावट भएकोमा आज भने भारी गिरावट भएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा समेत आज नेष्डो समृद्ध लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ७८ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, शिवम सिमेन्टको ६ करोड ८ लाख ४९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीकोे ५ करोड १० लाख १० हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ५ करोड ७ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।



















