यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनी
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको हो ।
आज एक्सेल डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७.९५ प्रतिशतले घटेको हो ।
साथै, गुराँस लघुवित्तको ७.६० प्रतिशत, उपकार लघुवित्तको ७.१७ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ७.०२ प्रतिशत र सप्तकोशी डेपलमेन्टको ७ प्रतिशतले शेयर घटेको हो ।



















