छिमेक, जीवन विकास र आरएमडीसी लघुवित्तमा को कति बलियो, यस्तो छ एकमुष्ठ विवरण « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

छिमेक, जीवन विकास र आरएमडीसी लघुवित्तमा को कति बलियो, यस्तो छ एकमुष्ठ विवरण



काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्ष २०७९।०८० को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेसँगै अब लघुवित्त वित्तीय संस्थाले समेत आफ्नो पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । हालसम्म प्रकाशित लघुवित्तको वित्तीय विवरणलाई हेर्ने हो भने अधिकांश लघुवित्तको मुनाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा ओरालो लागेको देखिएको छ ।

हाल प्रकाशित लघुवित्त मध्य हामीले ३ बलिया लघुवित्तहरु विवरणको खुलासा गरेका छौ । जीवन विकास लघुवित्त, छिमेक लघुवित्त, आरएमडीसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण यस्तो छ ।

खुद नाफा
३ लघुवित्त मध्य सबै भन्दा बढी मुनाफा छिमेक लघुवित्तको रहेको छ भने जीवन विकास दोस्रो र आरएमडीसि लघुवित्त तेस्रो रहेको छ । आरएमडीसि लघुवित्त र छिमेक लघुवित्तले आफ्ना नाफा बढाउदा जीवन विकासको भने घटेको हो ।

छिमेक लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधि भन्दा १६.४० प्रतिशतले कम हो । आरएमडीसि लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ५४.१६ प्रतिशतले बढेर १० करोड ८८ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी
खुद ब्याज आम्दानीमा पनि छिमेक लघुवित्त पहिलो, जीवन विकास लघुवित्त दोस्रो र आरएमडीसि लघुवित्त तेस्रो रहेको छ ।

छिमेक लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ आर्जन गरकेो छ । जीवन विकास लघुवित्तले खुद ब्याज आम्दानी ५.९४ प्रतिशतले बढेर ४० करोड ६२ लाख ८० हजार रुपैयाँ रहेको छ । आरएमडीसि लघुवित्तको खुद ब्याज आम्दानी ३७.६६ प्रतिशतले बढेर १७ करोड ५० लाख ४९ हजार रुपैयाँ रहेको छ ।

संचालन नाफा
छिमेक लघुवित्तले संचालन नाफा समेत अग्रता कायम गरेको छ । दोस्रोमा आरएमडीसि लघुवित्त रहेको छ भने तेस्रो जीवन विकास लघुवित्त रहेको छ । जीवन विकास लघुवित्तले संचालन नाफा घटाएको देखिन्छ ।

छिमेक लघुवित्तको संचालन नाफा ५२.७४ प्रतिशतले बढेर ४६ करोड ६९ लाख ५९ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँ र आरएमडीसि लघुवित्तको ५४.१६ प्रतिशतले बढेर १५ करोड ५५ लाख १८ हजार रुपैयाँ रहेको छ ।

चुक्तापूँजी
छिमेक लघुवित्त चुक्तापूँजी पहिलो नम्बर, दोस्रोमा आरएमडीसी लघुवित्त र तेस्रोमा जीवन विकास लघुवित्त रहेको छ ।

छिमेक लघुवित्तको चुक्तापूँजी २७ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ र आरएमडीसि लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानी अग्रता जीवन विकास लघुवित्तले राखेको छ । तर लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको हो । दोस्रोमा छिमेक लघुवित्त र तेस्रोमा आरएमडीसी लघुवित्त रहेको छ ।

छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा, जीवन विकास लघुवित्तको ५९ रुपैयाँ ०१ पैसाले घटेर ५७ रुपैयाँ १ पैसा र आरएमडीसि लघुवित्तको १२ रुपैयाँ ३३ पैसाले घटेर ३५ रुपैयाँ ०९ पैसा रहेको छ ।

जगेडा कोष
जगेडा कोषमा छिमेक लघुवित्त पहिलो, दोस्रो जीवन विकास र तेस्रो आरएमडिसी लघुवित्त रहेको छ ।

छिमेक लघुवित्तको जगेडा कोष ३१.४२ प्रतिशतले घटेर २ अर्ब १४ करोड ६ लाख ९१ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको १२.६७ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६८ लाख ९९ हजार रुपैयाँ र आरएमडीसि लघुवित्तको ५.३५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४१ लाख २९ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थ
छिमेक लघुवित्तको प्रतिशेयर नेटवर्थ ९ रुपैयाँ ३२ पैसाले घटेर २७० रुपैयाँ ३ पैसा, जीवन विकास लघुवित्तको ८७ रुपैयाँ ८५ पैसाले घटेर २८३ रुपैयाँ ९२ पैसा र आरएमडीसि लघुवित्तको २७५ रुपैयाँ ३० पैसा रहेको छ ।

निक्षेप संकलन
छिमेक लघुवित्तको निक्षेप संकलन २०.९९ प्रतिशतले बढेर २८ अर्ब ५१ करोड ९७ लाख १३ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको १६.५८ प्रतिशतले बढेर ९ अर्ब ७६ करोड ९ लाख २३ हजार रुपैयाँ रहेको छ ।

कर्जा
छिमेक लघुवित्तको कर्जा प्रवाह २८.३९ प्रतिशतले बढेर ३३ अर्ब ५९ करोड ४९ लाख ८५ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको १२.३१ प्रतिशतले बढेर २४ अर्ब २६ करोड ३७ लाख ३१ हजार रुपैयाँ र आरएमडीसि लघुवित्तको ३७ लाख ६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्