सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा « Arthapath.com
६ असार २०८३, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४ हजार ३८३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयर नवराज बजगाईले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार–४ काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्