तपाईको हितग्राही खातामा १२ प्रतिशत लाभांश आयो ? छैन भने यसो गर्नुहोस्
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामूहिक लगानीकोष योजनाहरूले प्रस्तावित लाभांश वितरण गरेका छन् । नबिल व्यालेन्स्ड फण्ड २ ले कर समेत ७ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेका हुन ।
यी दुबै योजनाले लाभांश प्रयोजनका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरेको हुदाँ कात्तिक १७ गतेसम्म कायम इकाईधनीहरूको हितग्राही खातामै लाभांश जम्मा गरिएको हो । बुक क्लोजको अवधिसम्म आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।
उक्त स्वीकृति पत्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत इमेल ठेगाना [email protected] मा पठाउन योजना व्यवस्थापकले आग्रह गरेको छ ।


















