नेप्सेमा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको आइपीओ सूचीकृत भएको छ । सोमबार खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्म तोकेको छ ।
सोही मूल्यभित्र रहेर खप्तडको पहिलो कारोबार हुनेछ । ‘केएलबीएस’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।
त्यस्तै सिक्लेस हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८५ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ रहेको छ । सिक्लेसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।
‘एसआइकेएलइएस’ संकेतमा सेयर कारोबार हुनेछ ।


















