सुधारिएको शेयर बजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सुधारिएको शेयर बजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो दिन आएर शेयर बजारमा सुधार आएको छ । केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने दोहोरो अकंको सुधार आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन डिस्टलरीको ८ करोड९९ लाख ५ हजार रुपैयाँ, ङादी ग्रुपको ७ करोड ८३ लाख ४५ हजार रुपैयाँ, गोर्खास फाइनान्सको २ करोड ५३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्