सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । शेयर बजारमा आज सुधार आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो ।
आज तारागाँउ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, आज सप्तकोशी डेभलपमेन्टको ८.३९ प्रतिशत, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ७.२९ प्रतिशत, रिभर फल्स पावरको ७.७५ प्रतिशत र लबेट्री इर्नजीको ६.६७ प्रतिशतले शेयर बढेको हो ।



















