मंसिरमा बैंकको ब्याजदर यथावत राख्ने निर्णय « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

मंसिरमा बैंकको ब्याजदर यथावत राख्ने निर्णय



काठमाडौं । मंसिर महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने सहमति गरेका छन् । बैंकर्स संघको मंगलबार बिहान बसेको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा स्थिर राख्ने निर्णय गरेको हो ।

नेपालमा भएको मूल्यवृद्धि हेर्दा अहिलेको ब्याजदर नै यथावत राख्ने निर्णय गरेको एक बैंकरले बताए । पछिल्लो समय ब्यावसायीहरुले ब्याजदर घटाउन दबाब दिदैं विभिन्स किसिमका आन्दोलन गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्