मेगा बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमार्डौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिकको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।















