नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनी मालामाल, बैंकले बोनस र नगद लाभांश कति दियो ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
इन्भेष्टमेन्ट बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
