नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको १० वर्षे लाभांश इतिहाँस: कुन वर्ष कति बाँड्यो ?

काठमाडौं । आज थप २ वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले लाभांश घोषणा गरेका हुन । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा दिएको लाभांश १० वर्षे यता कै कम लाभांश रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट
नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
इन्भेष्टमेन्ट बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
१० वर्षको लाभांस इतिहाँसलाई हेर्ने हो भने बैंकले सबै भन्दा बढी लाभांश आर्थिक वर्ष२०७२।०७३ मा दिएको थियो । उक्त आर्थिक बर्षमा बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस र २१ प्रतिशत नगद गरी कुल ४१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, बैंकले ३ आर्थिक वर्षमा समान ४० प्रतिशत लाभांश दिएको छ । बैंकले आर्थिक वर्ष २०७०।०७१ मा १५ प्रतिशत नगद २५ प्रतिशत बोनस, आर्थिक वर्ष २०७३।०७४ मा १५ प्रतिशत बोनस २५ प्रतिशत नगद र आर्थिक वर्ष २०७४।०७५ मा १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०६९।०७० मा १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिएको हो । १० वर्ष यताको लाभांशलाई हेर्ने हो भने बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा कम लाभांश दिएको हो

मेगा बैंक
मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिकको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकको १० वर्षेको इतिहाँसलाई हेर्ने हो भने बैंकले सबै भन्दा बढी लाभांश १३.९५ प्रतिशत दिएको छ । बैंकले आर्थिक वर्ष २०७२।०७३ मा १३.२५ प्रतिशत बोनस शेयर र ०.७ प्रतिशत नगद लाभांश गरी कुल १३.९५ प्रतिशत लाभांश वितरण गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ मा आफ्ना शेयरधनीहरुलाई बैंकले १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश दिएको छ । साथै, आर्थिक वर्ष २०७०।०७१ मा १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७७।०७८ मा १० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद गरी कुल १२.०७ प्रतिशत र आथिर्एक वर्ष २०७५।७६ मा ११.७५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको हो ।
विगत १० वर्षेको लाभांश इतिहाँस हेर्ने हो भने सबै भन्दा कम लाभांश गत आर्थिक वर्षको नै देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०७४।०७५ मा १ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद गरी कुल ७.८५ प्रतिशत लाभांश दिएको छ ।
