८५ करोड कारोबार भएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक
काठमाडौं । साताको तेस्रो दिन आएर शेयर बजार झिनो अकंले ओरालो लागेको छ । साताको दोस्रो दिन सुधार आएको शेयर बजारमा आज भने सामान्य अकंले घट्न पुगेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच हुदाँ ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ३ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको ४ करोड १ लाख ९० हजार रुपैयाँ, नेपाल लाइफको ३ करोड ८१ लाख २६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ७८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।



















