सुधारिदैं अर्थतन्त्रका सूचक, यसरि पुग्दै छ शेयर बजार उचाइमा
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सुधार आएको छ । नेप्सेमा सुधार आएसँगै परिसूचक पनि १९ सय बिन्द भन्दा माथि उक्लिएको हो । तरलता र ब्याजदरमा सुखद् खबरहरु आउन थालेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको जानकारहरु बताउछन् ।
विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजारमा सुधार आएको आंकलन गरीएको छ। बुृधबारमात्रै केन्द्रीय बैंकले लामो समयपछि पहिलोपटक मुलुकको शोधनान्तर अवस्था बचतमा गएको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.८ प्रतिशतले वृद्धि भएको छ । चालु आवको असोज मसान्तसम्ममा रेमिट्यान्स वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।यसले पनि शेयर बजारमा सकारात्मक प्रभाव गरेको हो ।
समग्रमा आगामी दिनहरु पुँजी बजारका लागि सकारात्मक हुने देखिन्छ । बैंकहको ब्याजदरलाई लगानीकर्ताले आत्मसात गरेको र शेयर बजार ओरालो नलाग्ने जानकारहरु बताउछन् ।
अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै भएको चुनावपछि नयाँ सरकार र लगानीको नयाँ वातावरण बन्नेमा आशावादी बन्न सकिने ठाउँ छ । यस्तै, चुनावी माहोलका कारण बजारमा पैसा पनि आइरहेको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ
लाभांशको सिजन भएकाले खरिदकर्ता उत्साहित हुने आँकलन गरिएको छ । तर यही बेला मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला हुने भएपछि सप्लाई बढ्न सक्ने अनुमानसहित केही लगानीकर्ताको मनोबल सामान्य कमजोर पनि देखिएको छ । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएको चुनावपछि नयाँ सरकार बनेपछि शेयर बजार उचाइमा पुग्ने जानकारहरु बताउछन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच हुदाँ ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ३ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
बुधबार सिक्लेस हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज जनउत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.१३ प्रतिशतले घटेको हो ।


















