नेप्सेमा सुधार, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजारमा सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचक उचाइमा पुगि रहेका बेला शेयर बजार पनि सुधार तिर लम्किएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच हुदाँ ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको थियो ।
बिहिबार रिडि पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १४ करोड ३९ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १० करोड २९ लाख ६३ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ९० लाख ६५ हजार रुपैयाँ र हिमालयन पावर पाट्नरको ६ करोड १३ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो ।



















