२ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले भए आज मालामाल
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा आकर्षक सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो ।
आज सिक्लेस हाइड्रोपावर र सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोट्लस नेपालको ७.५१ प्रतिशत, रिडि पावरको ६.०३ प्रतिशत र पन्चकन्या माई हाइड्रोपावरको ५.९९ प्रतिशतले शेयर बढेको हो ।



















