नेपाल बैंकसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना देशैभर चलिरहदाँ शेयर बजार भने ओरालो लागेको छ । नयाँ सरकार आएपछि शेयर बजार सुधार तिर लम्किने आशाका बसेका लगानीकर्ताले अन्यौल अन्यौलका बीच लगानी गर्ने डराएको देखिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ । मंसिर १ गते भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो ।
मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको छ । गत साताको बिहिबार भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार नेपाल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १२ अर्ब १६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, रिडी पावरको ८ करोड ६७ लाख ६३ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ८ करोड ६० लाख १६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड ४३ लाख ६३ हजार र ङादी ग््रप पावरको ४ करोड ९० लाख रुपैयाँको कारोबार भएको हो ।


















