चुनावी रौनकताले सुस्तायो शेयर बजार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

चुनावी रौनकताले सुस्तायो शेयर बजार



काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएसँगै हाल देशभर नतिजा सार्वजनिक भइरहेको छ । देश चुनावमय हुदाँ शेयर बजार भने ओरालो लागेको छ ।

यस पटक कुनै पनि दलको एकल बहुमत आउने संकेत देखिएको छैन । त्यसैले पनि अबको सरकार कस्को हुन्छ उसले ल्याउने पूँजी बजार सम्बन्धी धारण कस्तो हुन्छ ? भन्ने अन्यौलका बीच आज शेयर बजार समान्य अकंले ओरालो लागेको देखिन्छ । आगामी सरकार कस्तो हुने र अर्थतन्त्रलाई कसले हाँक्ने लगायतका कुरालाई पनि लगानीकर्ता निकै चासोका साथ हेरिरहेका छन् ।

ब्याजदर घटि रहेको, अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्किरहेको, बैंकिङ प्रणालीमा तरलता सहज हुदै गएको हुदाँ अब शेयर बजार रप्तारमा आगडि बढ्ने जानकारहरु बताउछन् । लगानीकर्ता पूँजी बजार बारे सकारात्मक हुन थालेपछि बजारको गति पनि सोही अनुसार शेयर बजार अगाडि बढेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ । मंसिर १ गते भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको छ । गत साताको बिहिबार भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०९ प्रतिशत र जीवन बीमा समूहको ०.०३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

मंगलबार नेपाल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १२ अर्ब १६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।

आज जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.२३ प्रतिशतले बढेको हो । यूनिलिभर नेपालका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर प्रतिकित्ता १ हजार ९९ रुपैयाँले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्