कर्मचारीहरुका लागि बैंकहरुले खर्चिए १३ अर्ब : बोनस मात्रै ३ अर्ब, कुन बैंकले कति दियो ?

काठमाडौं । २६ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि १३ अर्ब रुपैयाँ खर्चिएका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि १२ अर्ब ९९ करोड २९ लाख ७५ हजार रुपैयाँ खर्चिएका हुन् ।
चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले कर्मचारीहरुको बोनसका लागि भने २ अर्ब ९५ करोड ७२ लाख ५२ हजार छुट्याएका छन् । चालु आवको तीन महिनामा बैंकहरुले कर्मचारीहरुको बोनसका लागि ३ प्रतिशतदेखि ५७ प्रतिशतसम्म छुट्याएका हुन् ।
बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । सोही अनुसार नै बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।
चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै एनआईसी एशिया बैंकले कर्मचारीहरुका लागि खर्च गरेको छ । बैंकले तीन महिनामा कर्मचारीहरुका लागि ९५ करोड १७ लाख ६७ हजार रुपैयाँ खर्चिएको छ । उक्त अवधिमा बैंकले कर्मचारी बोनसका लागि भने २७ करोड ८८ लाख ५४ हजार रुपैयाँ छुटएको हो ।
चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले भने कर्मचारीहरुका लागि ७७ करोड ३६ लाख ४५ हजार खर्चिएको छ । बैंकले बोनसका लागि भने १९ करोड ७८ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ ।
कर्मचारीहरुको लागि धेरै खर्च गर्नेको तेस्रो स्थानमा कृषि विकास बैंक रहेको छ । बैंकले तीनमा कर्मचारीहरुका लागि ८५ करोड ८ लख ७३ हजार रुपैयाँ खर्च गरेको छ । बैंकले उक्त अवधिमा बोनस भने २ करोड ७४ लाख ६२ हजार छुट्याएको देखिएको छ ।
उक्त अवधिमा नेपाल बैंकले ७८ करोड ८२ लाख १७ हजार रुपैयाँ कर्मचारीहरुका लागि खर्च गरेको छ भने बोनसका लागि ८ करोड ८३ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ ।
ग्लोबल आइएमई बैंकले चालु आवको पहिलो त्रैमासमा ७५ करोड ४३ लाख ७३ हजार रुपैयाँ खर्चिएको छ । बैंकले कर्मचारीहरुको बोनसका लागि भने १८ करोड ७४ लाख ५५ हजार रुपैयाँ छुट्याएको छ ।
यस्तै, प्रभु बैंकले पनि ७३ करोड ५ लाख ९९ हजार रुपैयाँ कर्मचारीका लागि खर्च र बोनसका लागि भने ११ करोड २९ लाख २ हजार रुपैयाँ छुट्याएको छ ।
चालु आवको तीन महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले कर्मचारी खर्चका लागि सबैभन्दा कम खर्चिएको छ । उक्त अवधिमा बैंकले कर्मचारीहरुका लागि २२ करोड ३५ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ भने बोनसका लागि १२ करोड ८७ लाख ९३ हजार रुपैयाँ छुट्याएको छ ।
यस्तै, असोज मसान्तसम्ममा माछापुच्छ्रे बैंकले कर्मचारीहरुका लागि ६१ करोड २९ लाख २ हजार खर्च गरेको छ भने बोनसका लागि ७ करोड १६ लाख १६ हजार रुपैयाँ छुट्याएको छ ।
त्यसैगरि नबिल बैंकले कर्मचारीहरुका लागि ५७ करोड २८ लाख ४८ हजार खर्च र बोनसका लागि २४ करोड ९४ लाख ४६ हजार, कुमारी बैंकले कर्मचारीका लागि ५६ करोड १५ लाख २४ हजार रुपैयाँ खर्चिएको छ भने बोनसका लागि १५ करोड ८९ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ ।
यता, एनएमबि बैंकले भने कर्मचारीहरुका लागि ५२ करोड ५२ लाख ५१ हजार रुपैयाँ, सनराइज बैंकले ४८ करोड ६१ लाख ९ हजार, मेगा बैंकले ४५ करोड ९१ लाख ८१ हजार, एभरेष्ट बैंकले ४५ करोड ८३ लाख ३० हजार, सिटिजन्सले ३९ करोड ६५ लाख ३४ हजार रुपैयाँ खर्चिएको छ ।
कुन बैंकको कर्मचारी खर्च बोनस कति ?
