नेपाल बैंक सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेपाल बैंक सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । यो साताको दोस्रो कारोबारको दिन शेयर बजारमा अझैं सुधार आएको छैन । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएसँगै हाल देशभर नतिजा सार्वजनिक भइरहेको बेला शेयर बजार भने ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार नेपाल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १२ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको ११ करोड ९ लाख ९२ हजार रुपैयाँ, सिभिल बैंकको ६ करोड ८२ लाख १८ हजार, शिवम सिमेन्टको शेयर ६ करोड ६ लाख ४१ हजार र नेसनल लाइफको ३ करोड ४५ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्