दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको छ ।
बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो ।
बुधबार सिभिल बैंक र घलेम्दी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, जानकी फाइनान्सको ५.६० प्रतिशत, पिपुल्स पावरको ५ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९९ प्रतिशत र जोशी हाइड्रोपावर डेभलपमेन्टको ३.८४ प्रतिशतले शेयर बढेको हो ।



















