बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको छ ।
बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो ।
आज स्टान्डर्ट चार्टर बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.७८ प्रतिशतले घटेको हो ।
साथै, नबिल ब्यालेचड फण्ड ३ को ४.७४ प्रतिशत, बुद्धभुमि नेपालको ३.७० प्रतिशत, मन्दीकिनी हाइड्रोपावरको ३.४८ प्रतिशत र बिशाल बजारको ३.३२ प्रतिशतले शेयर घटेको हो ।



















