नेप्सेले गर्यो दुई लघुवित्तको शेयर कारोबार फुकुवा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेले गर्यो दुई लघुवित्तको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीको शेयर कारोबार फुकुवा गरेकोछ । नेप्से साना किसमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटडेको शेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि दुबै लघुवित्तले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका हो । आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको हो ।

दुबै कम्पनीको शेयर कारोबार बिहिबार अर्थात मंसिर ८ गतेदेखि दोस्रो बजारमा कारोबारका लागि आउनेछ ।


प्रतिक्रिया दिनुहोस्