शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
