नेप्सेमा दोहोरो अकंको सुधार, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

नेप्सेमा दोहोरो अकंको सुधार, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सामान्य सुधार आएको छ । चुनाव पछिका २ कारोबारमा सामान्य घटेको शेयर बजारमा आज भने सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको थियो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनेबेच हुदाँ ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको कारोबार भएको छ । बुधबार भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको थियो ।

बिहिबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ७ करोड ६२ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन डिस्टलरीको ६ करोड ८० लाख ४० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड ९३ लाख ६ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्