कुमारी बैंकको शेयर कारोबार फुकुवा « Arthapath.com
२३ असार २०८२, सोमबार

कुमारी बैंकको शेयर कारोबार फुकुवा



काठमाडौं । कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । एनसीसी बैंकसँग मर्ज प्रक्रियाका रहेको कारण असोज ११ गतेदेखि कुमारीको सेयर कारोबार रोक्का रहेको थियो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

अब आइतबार (मंसिर ११ गते) देखि यसको कारोबार सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्