सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।
सोमबार बजार १५.६१ अंकले घटेको हो । उक्त दिन बजार परिसुचक १९५०.३७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन म्युचुअल फण्ड र ब्यापार बाहेकका सबै सब इन्डेक्स राताम्मे बनेका छन् । उक्त दिन १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार रुपैयाँ बराबरको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टीलरी १६ करोड ६४ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । यस्तै, आज शिवम सिमेन्टको ६ करोड १६ लाख ६२ हजार, एभरेष्ट बैंकको ५ करोड ९८ लाख ३१ हजार र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ करोड ८८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


















