नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेको हो ।

मंसिर १२ गते बसेको बैंक संचालक समितिको बैठकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्