सुपर हाइड्रोपावरले मंसिर २० गतेदेखि आइपीओ बिक्रीमा ल्याउने, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सुपर हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने लागेको हो ।
कम्पनीले सर्वसाधारणमा कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरूको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ ।
कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले छिटोमा पुस ५ गतेसम्म यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटो अवधिसम्ममा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस २० गतेसम्मको पुराइनेछ ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने पुस ५ गतेसम्म आवेदन दिन सक्ने छन् । दुवै समूहका लगानीकर्ताले शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।















