एकदिनमै वाणिज्य बैंकमा फर्कियो ९ अर्ब निक्षेपः कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ?
काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप वृद्धि हुन थालेको छ । एकदिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ८ अर्ब रुपैयाँ वृद्धि भएको हो ।
मंसिर १२ गते सोमबार ५१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको निक्षेप एकदिनमै ८ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै मंसिर १३ गते मंगलबार भने बढेर ५१ खर्ब ९३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । गत सोमबार ४७ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, भोलिपल्ट पनि सोही कायम भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि एकदिनमै ९ अर्ब रुपैयाँले वृद्धि भएर ४५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । गत सोमबार अर्थात मंसिर १२ गते भने वाणिज्य बैंकमा ४५ खर्ब ६३ निक्षेप संकलन गरेका थिए ।
सो अवधिमा वाणिज्य बैंकको कर्जा भने स्थिर रहेको छ । सोमबार ४२ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुको मंगलबार भने स्थिर देखिएको हो ।
सो अवधिमा सीडी रेसीयो भने घटेको छ । मंसिर १२ गते ८६.८८ प्रतिशत रहेको सीडी रेसियो मंगलबार भने ८६.७५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।













