तीन विकास बैंकले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

काठमाडौं । संचालनमा रहेका मध्ये तीन विकास बैंकले लाभांश घोषणा गरेका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषण गरेका हुन् ।
गरिमा विकास बैंक
गरिमा विकास बैंकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १०.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
लम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ प्रतिशत बोनस र ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश लिने प्रस्ताव गरेको छ ।
बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।