२१ श्रावण २०८३, बिहिबार

चालु पुँजी सम्वन्धी निर्देशिका परिमार्जन नै हुन नसक्ने विषय होइन : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी संबन्धि निर्देशिका परिमार्जन नै हुन नसक्ने विषय नरहेको बताएका छन ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं साधारण सभालाई सम्वोधन गर्दै गभर्नर अधिकारीले बजार सुधारको सो नीति ल्याएको बताएका हुन् ।

उनले भने,-‘धेरै अध्यायनबाट मात्रै यो चालु पुँजी संबन्धी निर्देशिका ल्याईएको हो । त्यासका अप्ठ्याराका विषय बारे बैकरसँग बसेर छलफल गरिएको छ । अर्थतन्त्रलाई स्टम भित्र राख्न यो नीति लिईएको हो ।’

उनले अर्थतन्त्रलाइ अनुशासनमा ल्याउन चालु पुँजी संबन्धी नीती लिईएको बताए । उनले भने,-‘देशको संबिधान त परिवर्तन हुन्छ भने यो निती परिवर्तन नहुने भन्ने होइन । कर्जामा अनुशासन जरूरी छैन ? के हामीले मार्केटलाई व्याजदर तोक्न खुल्ला छोड्ने हो ?’

सोही अवसरमा गभर्नर अधिकारीले आयात लामो समयका लागि नभएको जानकारी गराए । उनले भने,-‘आयात सधैं रोक्ने भन्ने हुँदैन । आयात रोकिएको बस्तुबाट देशको राजश्वमा ३० अर्व घटेको छ । बजारमा व्याज बढेको समयमा आयात रोक्नाले बजारमा अश्वभाविक व्याजदर बढ्न जाने थियो ।’
उनले व्यावसायीलाई देखाउँदै भने, -‘आयात नरोकेको भए गाडी धेरै ल्याउनुहुन्थ्यो, व्याज बढ्थ्यो, बजार झन समस्यामा पर्दथ्यो ।’