गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुमको उदघाटन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुमको उदघाटन



काठमाडौं । नेपाल ल्युब आयलले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न,नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको छ ।

गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नयाँ शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ ।

सो शोरुमहरको उदघाटन नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । समारोहमा बोल्दै करण चौधरी भने गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट प्रदर्शन र बेजोड गुणस्तरका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।

नेपाल ल्युब आयलका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार यो नया उच्चस्तरीय शोरुम हरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्द गराउने छौ र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्त प्रयोग गर्नपाउने छन् । गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दैछौँ जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नेछन् । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखिइन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।


प्रतिक्रिया दिनुहोस्