सानिमा बैंकको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले १० प्रतिशत बोनस शेयर बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ४७ दशमलव १८ रुपैयाँ कायम भएको छ ।
यस कम्पनीको अन्तिम कारोबार २ सय ७१ दशमलव ९० रुपैयाँमा भएको थियो ।