आरएमडीसी लघुवित्तद्धारा बम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्तााव गरेको हो ।
कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिए पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।