बैंकिङ प्रणालीमा थप सहजता : एक सातामा भित्रियो ११ अर्ब निक्षेप, कर्जा प्रवाह स्थिर रहँदा सीडी रेसियो कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धि भएको छ । पछिल्लो एक साताको अवधिमा नै वाणिज्य बैंकहरुले निक्षप ११ अर्ब रुपैयाँले वृद्धि गरेका हुन् ।
नेपाल बैंकर्स सघंका अनुसार मंसिरको पछिल्लो एक सातामा बैंकहरुको निक्षेप बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । यो मंसिर १६ गतेसम्म तथ्याङ्क हो । तर, मंसिर ९ गते भने बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका थिए ।
बैंकहरुमा निक्षेप वृद्धि हुँदै गएता पनि कर्जा लगानी भने करिब स्थिर देखिएको छ । मंसिर ९ गतेदेखिको एक सातामा कर्जा प्रवाह १ अर्ब रुपैयाँले मात्र वृद्धि भएको हो ।
बैंकर्स संघका अनुसार मंसिर ९ गते ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरका बैंकहरुले मंसिर १६ गतेसम्म आईपुग्दा भने ४२ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ ।
सो अवधिमा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.७६ प्रतिशत कायम भएको छ ।













