सनराइज फोकस्ड इक्विटी फण्ड संचालनमा आउने, बोर्डबाट पायो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सनराइज फोकस्ड इक्विटी फण्ड संचालनमा आउने, बोर्डबाट पायो अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट सनराइज फोकस्ड इक्वीटी फण्डले इकाई निष्कासन गर्नका लागि अनुमति पाएको छ ।

सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिनेसनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सनराइज फोकस्ड फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि मङ्सिर १९ गते बोर्डबाट अनुमति पाएको हो ।

कोष प्रवर्द्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै यस योजनाले १० रुपैयाँ अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।

यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । सन्राइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्