नेप्सेले गर्यो सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

नेप्सेले गर्यो सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । शुक्रबार सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको हो ।

कम्पनीले आधिखोला लघुवित्त वित्तीय संस्थासँगह मर्जरमा जाने सम्झोैता गरेसँगे शेयर कारोबार रोक्कालभएको थियो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीको शेयर अब आइतबार अर्थात मंसिर २५ गतेदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्