निरन्तर खुम्चिदैं शेयर बजार, परिसूचक १८ सय तल झर्दा १३ वटै उपसूचक राताम्य « Arthapath.com
१८ असार २०८२, बुधबार

निरन्तर खुम्चिदैं शेयर बजार, परिसूचक १८ सय तल झर्दा १३ वटै उपसूचक राताम्य



काठमाडौं । शेयर बजारमा खुम्चिने क्रमले निरन्तता पाएको छ । यो सातको सुरुवात मै शेयर बजार राताम्य भएको हो ।

शेयर बजार विज्ञहरुले लाभांश सिजन र अर्थतन्त्र सुधारको अवस्थालाई हेरेर बजार बढ्ने आंकलन गर्दे आएकोमा शेयर बजारमा भने अर्झै सुधार हुन सकेको छैन । लाभांश सिजन चलिरहेको अर्थतन्त्रमा पनि सुधार देखिएको थालेको र बैंकहरुमा निक्षेप बढिरहेको तथा ब्याजदर घटाउनेक्रम पनि सुरु भएको तर्फ बजारमा आइरहदाँ समेत शेयर बजार सकारात्मक प्रभाव पर्ने सकेको छैन ।

सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहन्छ । सस्तो मूल्यमा सकेसम्म किनेर होल्ड गर्न सक्नेले अवश्य आकर्षक लाभ लिन सकिने जानकारहरु बताउछन् । ब्याजदर बढाउन नपाउने भने पनिको सकारात्मक मनोबल हुदाँ शेयर बजारमा सुधार आउन सकेको छैन ।

सरकारले आगामी पुस १ गतेदेखि सवारी साधान, मोबाइल र मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । आयात फुकुवा गरेपनि व्यवसाय चलायमान हुने अवस्था नरहेको हुदाँ लगानीकर्तामा अन्यौल सिर्जना भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजार आज राताम्य हुदाँ १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहका् २.३० प्रतिशत, विकास बैंक समूहको १.४२ प्रतिशत, फाइनान्स समूहको १.३५ प्रतिशत, हाइड्रोपावर समूहको १.३३ प्रतिशत र जीवन बीमा समूहको ०.८५ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आइतबार शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागको छ । आज सिवाइसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयरमा सर्किट लागेको हो । आज नाडेप लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ७७ रुपैयाँ ९० पैसाले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्