८ श्रावण २०८३, शुक्रबार

नबिल बैंक गर्यो आकर्षक लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको आइतबार (मसिर २५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकको मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश हालसम्म बाणिज्य बैंकहरु मध्ये कै बढि हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारणसभामा पारित गरे पछि मात्र शेयरधनीलाइ वितरण गरिने छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ३५.२६ प्रतिशत र गत आर्थिक वर्ष २०७७/०७८ मा ३८ प्रतिशत लाभांश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्